काठमाडौँको केन्द्रबाट २०/२५ मिनेटको ड्राइभमा एउटा हेर्न योग्य र अनुसन्धानात्मक नमुना कफी बगान बनाउने सपना थियो। त्यो सपना अव साकार हुँदैछ। असहाय गाई वाछा संरक्षण अभियानका अभियन्ता आदरणीय उत्तम पुडासैनी ज्यू र सेलिब्रेशन को-एड स्कूल, जोरपाटीका संथापक आदरणीय महेन्द्र भट्टराई ज्यूले उक्त आरक्षण स्थल परिसर भित्र कफी बगान बिकाश र संरक्षणको लागी नेशनल कफी एकेडेमीलाई सहकार्यको अवसर दिनुभयो। यो उल्लेखनिय कल्याणकारी अवसर जुटाई दिनु भएकोमा उहाँहरू दुबैलाई मेरो व्यक्तिगत र नेशनल कफी एकेडेमीको तर्फवाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।

यो बगान सार्वजनिक र अनुसन्धानात्मक हुने भएकाले कफी कृषक, विद्यार्थी, पर्यटक, अनुसन्धानकर्ता तथा आउँदो पुस्ता र सम्पुर्ण कफी प्रेमीलाई यसले महत्वपूर्ण सहयोग पुर्‍याउछ र नेपाली कफी क्षेत्रको समग्र विकासमा उल्लेखनिय योगदान गर्ने छ।

काठमाडौँ उपत्यका वरिपरिका सानातिना पार्क/बगैचा र जंगल क्षेत्र कफी खेतीका लागि योग्य छन्। पशुपती क्षेत्रभित्रको जंगल नाँसिदै छ, दुर्व्यसनिहरूको कृडा स्थल बन्दैछ, यदि सरोकारवाला निकायहरूको साथ पाए उक्त उजाड बन्दै गइरहेको ठाऊँ एउटा सुन्दर र व्यबस्थित जंगल सहितको कफी बगानमा परिणत हुन्छ र त्यो हामी गर्न सक्छौ। सम्बन्धित निकायहरूको ध्यानाकर्शण गर्न चाहान्छु।