कपन आकाशेधाराकी पवित्रा भट्टराईलाई दुई वर्षको उमेरमा ‘प्यारालाइसिस’ भयो । उनी हातखुट्टा राम्रोसँग चलाउन सक्दिनथिन् । २८ वर्ष भइसक्दा पनि पवित्रा बिसेक भएकी छैनन् । तैपनि आफ्नो दैनिक काममा भने उनी अभ्यस्त भइसकिन् ।
नियमितबाहेकका काम गर्न भने पवित्राका लागि चुनौतीपूर्ण हुन्छ । तर, चुनौतीहरू सामना गर्न उनलाई रमाइलो लाग्छ । यस्तै स्वभाव नै थियो, जसले उनलाई कफी बनाउने ‘बारिस्ता ट्रेनिङ’ लिने इच्छा जगायो ।
कफी बनाउन सिक्नु चुनौतीपूर्ण थियो नै । त्यत्तिकै चुनौतीपूर्ण थियो, ट्रेनिङ सेन्टर भेट्नु । बारिस्ता ट्रेनिङ दिने ठाउँ त थुप्रै थिए । तर, पवित्राले आफूमैत्री सिक्न सक्ने कुनै स्थान भेटिनन् । र, ‘शारीरिक रूपमा असक्षम हुनेले बारिस्ता ट्रेनिङ लिन सक्दैनन्’ भन्ने उनलाई लाग्न थाल्यो ।
तर, पवित्राको नैराश्यको बादल निमेषभरमै उडेर गयो । जब उनी नेसनल कफी एकेडेमीमा टेकिन् । जहाँ शारीरिक अपाङ्गता भएकाहरूलाई पनि बारिस्ता ट्रेनिङ दिन सुरु भएको थियो– इन्क्लुसिभ कफी ट्रेनिङ । जहाँ पवित्राले पनि बारिस्ता ट्रेनिङ लिन पाइन् । १५ दिनको तालिम लिएकी पवित्रालाई आर्थिक सहायता पाएमा कफी सप खोल्ने हिम्मत नै पलाएको छ । कफी सप नखोले पनि त्यसमा काम गर्न सक्ने ऊर्जा उनमा प्रशस्त छ ।
पुरा पढ्न र भिडियोको लागि यो लिङ्कमा जानुहोला